पाकिस्तान र इरानबाट तीन हजार भन्दा बढी अफगान परिवार स्वदेश फर्किए

अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका छन् ।
उहाँहरू पूर्वी नान्गारहार प्रान्तको तोर्खम, दक्षिणी कान्धारको स्पिन बोल्दाक, पश्चिमी हेरातको इस्लाम कला, पश्चिमी निमरोजको अब्रिशम तथा दक्षिणी हेलमन्द प्रान्तको बह्रमचा सीमाबाट अफगानिस्तान प्रवेश गर्नुभएको हो ।
उक्त आयोगद्वारा उहाँहरूलाई अस्थायी आवास, भोजन, पिउने पानी, आधारभूत स्वास्थ्य सेवा तथा आफ्नो प्रान्तसम्म पुग्न यातायात सुविधा उपलब्ध गराइएको जानकारी गराइएको छ ।हाल करिब सात लाख अफगान शरणार्थीहरू विदेशमा बसोबास गरिरहनुभएको छ, जसमा अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा रहनु भएका व्यक्तिहरू हुन् ।
पाकिस्तान र इरानका सम्बन्धित अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरिरहनुभएका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गर्नुभएको छ ।