वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आठ वटा फर्मको अनुगमन

NepalOne
७ जेठ २०८२ २२:३३
अर्थ समाचार

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विभिन्न आठ वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरिएको जनाएको छ ।

विभागले नोबेल एकेडेमी, भ्याली भ्यू स्कुल, होमटेक इण्डष्ट्रिज प्रालि चन्द्रागिरी, रिलोड फुट वयर, सुप्रिया ट्रेडिङ, चन्द्रागिरीको अनुगमन गरी सम्बन्धित कागजात लिई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै विभागले गुसिङगल मोटरसाइकल सर्भिस सेन्टर, इन्डेक्स फर्निचर नेपाल प्रालि, लिब्राइट एण्ड स्वीफट गोल्ड प्रालिलाई मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

 


प्रतिक्रिया