राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा आजदेखि सुरू हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

NepalOne
९ जेठ २०८२ ८:३०
बिशेष

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा आजदेखि सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन् । नेकपा (एमाले) को पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन् । त्यस्तै महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा आकांक्षा देखाएका छन् ।

महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ । परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ ।

महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ ।


प्रतिक्रिया