रास्वपाको प्रशिक्षण विभाग प्रमुखबाट शाहले दिएको राजीनामा स्वीकृत

NepalOne
११ जेठ २०८२ १९:१९
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शाहको राजीनामा स्वीकृत गरेको हो । उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो । त्यस्तै बैठकले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।

उनको राजीनामा ९ जेठमा कार्यवाहक सभापति डीपी अर्यालले स्वीकृत गरेका थिए । बैठकमा उनको राजीनामा स्वीकृत भएको जानकारी गराइएको थियो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।


प्रतिक्रिया