सशस्त्र प्रहरीद्वारा नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्वार

प्रमुख खबर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।
नारायाणी नदीमा बाँध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो ।
नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।
प्रतिक्रिया
ताजा अपडेट