अवरुद्ध पूर्व-पश्चिम राजमार्गमा यातायात संचालन

NepalOne १६ जेठ २०८२ १०:१३
प्रमुख खबर

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा यातायात संचालन आएको छ ।

गएराति बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएकोमा ह्युम पाइप थपेर यातायात संचालन गरिएको डिभिजन सडक भरतपुरले जनाएको छ । चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएको थियो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।


प्रतिक्रिया