फिल्म ‘परी’को शुभमुहुर्त

मनोरञ्जन

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै फिल्मको मुहुर्त गरिएको हो ।
यो फिल्म गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको हो । मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी,दीपक अधिकारी,रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।
फिल्ममा प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई,घनश्याम गिरी,दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम,अर्नव नागिलाको अभिनय रहने छ । निर्देशक गौतमले यो फिल्मको छायाँकन यही जेठ २८–२९ गतेबाट थाल्ने योजना रहेको बताए।
प्रतिक्रिया
ताजा अपडेट