कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

NepalOne १८ जेठ २०८२ १०:४२
अपराध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले रायलाई शिनबार नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरेको हो ।

उनी दुई अर्ब ५० करोड रकम हिनामिना गरी फरार रहेका थिए । करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।


प्रतिक्रिया