वरिष्ठ संगीतकार गणेश रसिकको निधन

प्रमुख खबर

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको ७७ वर्षको उमेरमा निधन भएको छ । नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो ।
रसिक केहीवर्षदेखि क्यान्सर पीडित थिए । संगीतकार संघका अध्यक्ष अष्ट लामाले रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ ।
प्रतिक्रिया
ताजा अपडेट