भोलिदेखि देशभरका सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा

NepalOne १८ जेठ २०८२ १७:४७
प्रमुख खबर

काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गरी सोमबारदेखि यातायात सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै व्यवसायी आन्दोलित छन् । गण्डकी प्रदेशमा जेठ १५ देखि व्यवसायीले यातायात बन्द गरेका छन् भने आइतबार व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया