राप्रपाका सांसद दीपक सिंह पक्राउ


काठमाडौं । राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका छन् । राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर काठमाडौं पुगेका बेला सांसद सिंह पक्राउ परेका हुन् ।
नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ६ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।