गृह मन्त्रालयमा सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

NepalOne १९ जेठ २०८२ १०:०३
प्रमुख खबर

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा गृह मन्त्रालयमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेसँगै आज देशभर यातायात ठप्प छ ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग व्यवसायीले गरेका छन् ।

यसबारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया