आइसिसी विश्वकप लिग–२ मा स्कटल्याण्डसँग खेल्दै नेपाल

खेलकुद

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ ।नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो ।
तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ ।यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, चुनौती भने सहज छैन । सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन ।
एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन मिश्रित तर सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ
प्रतिक्रिया
ताजा अपडेट