गृहमन्त्रीको राजीनामाबाट किन पछि हट्यो माओवादी ? यस्तो छ ज्ञानेन्द्र शाहीको आरोप

NepalOne २२ जेठ २०८२ १३:१६
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टी उपाध्यक्ष अग्नि सापकोटाले पक्राउ पर्ने डरले माओवादी सदन खोल्न लचिलो बनेको आरोप लगाएका छन् ।

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले सदन संचालनका लागि अधिकतम पहल गर्ने निर्णय गरेपछि शाहीको यस्तो भनाई आएको हो ।

उनले सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने र गृहमन्त्रीको राजीनामाबाट माओवादी पछाडी हट्ने सहमित भएको दाबी गरे ।

शाहीले सामाजिक संजालमा लेखेका छन्, ‘माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन्। त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ।’


प्रतिक्रिया