राजावादीको आन्दोलन अर्थहीन रहेको सभापति देउवाको भनाइ

राजनीति

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको बताएका छन्।
कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि बिहीबार जनकपुर आएका सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पनी गरे ।
पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे ।
प्रतिक्रिया
ताजा अपडेट