नेपाल प्रहरीको प्रवक्तामा डीआईजी घिमिरे

समाज

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय बिहीबार सूचना जारी गरी घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको हो ।
यसअघि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी रमेश थापा भनेले सहप्रवक्ताको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया
ताजा अपडेट