सुनको मूल्य तोलामा तीन हजारले घट्यो

NepalOne २५ जेठ २०८२ ११:१५
अर्थ समाचार

काठमाडौँ । शुक्रबारको तुलनामा नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।


प्रतिक्रिया