प्रतिगामी शक्तिले जनताको निराशामा फाइदा उठाउन खोज्नु स्वाभाविक होः अध्यक्ष नेपाल

NepalOne २५ जेठ २०८२ १६:५९
बिशेष

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् ।

आइतबार बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई झोले नबनाई पार्टीप्रति समर्पित बनाउन आग्रह गरे ।

उनले भने, ‘आग्रह पूर्वाग्रह नलियोस् । देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस् । आफ्ना कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस्।’

उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए । उनले भने,‘ सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो । जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ।’


प्रतिक्रिया