प्रतिगमनविरुद्ध खरोरुपमा प्रस्तुत हुन वाईसिएललाई प्रचण्डको निर्देशन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो रुपमा प्रस्तुत हुन वाईसिएललाई निर्देशन दिएका छन् ।
सोमबार आफ्नै निवासमा वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन कोसिस भइरहेकाले त्यसविरुद्ध उत्रिन निर्देशन दिएका हुन् ।
उनले भने, ‘जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्। त्यसविरुद्ध दरो र खरोरुपमा प्रस्तुत हुन म निर्देशन दिन्छु ।’
प्रचण्डले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिए । उनले समाजवादी क्रान्तिलाई अघि बढाउन वाईसिएलको भूमिका महत्वपूर्ण हुने बताए ।