सदनको अवरोध खुलाउन प्रचण्डलाई सभामुखको आग्रह

NepalOne २९ जेठ २०८२ १६:१६
बिशेष

काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

बिहीबार दिउँसो सदन खुलाउने विषयमा उनीहबीच छलफल भएको हो । सभामुखले विद्यालय शिक्षा विधेयक, नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न र बजेटमाथिको छलफल गर्न ढिला भएको भन्दै गतिरोध अन्त्यका लागि सहमति गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

सदनको अवरोध खुलाउन माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक देखिएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले पहिला सहमतिको भाषाबारे प्रतिपक्षी दलहरूको बैठकमा छलफल गर्ने र त्यसपछि सत्तापक्षसँग बसेर सहमति गर्ने बताएका थिए ।

छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने अडानसहित विपक्षीले सदन अवरोध गरिरहेका हुन् ।


प्रतिक्रिया