संसद संचालनका लागि सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति

NepalOne ३० जेठ २०८२ १६:२६
प्रमुख खबर

काठमाडौं । सत्तापक्ष र विपक्षीबीच प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने सहमति भएको छ । सत्तापक्ष र विपक्षीबीच दुई बुँदे सहमति भएसँगै १८ दिनदेखि जारी अवरोध हट्ने भएको छ ।

दुई बुँदे सहमतिपत्रमा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी प्रमुख तीन दलबीच दुई बुँदे सहमति भएको हो । सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा रास्वपाले भने विमति जनाएको छ।


प्रतिक्रिया