तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

NepalOne ३० जेठ २०८२ १७:२७
बिशेष

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक पेलेरै अघि बढाएका छन्।

आजको बैठक कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएर सभामुख घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए।

लगत्तै प्रतिपक्षी दुई दल रास्वपा र राप्रपाले उठेर विरोध जनाए। केहीबेर सभामुखले उनीहरूलाई आसनग्रहण गर्न आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरे पनि सभामुखले पाण्डेलाई बोल्न आग्रह गरे।

त्यसपछि रास्वपा र राप्रपाका सांसदले टेबुल ठोकिरहे पनि पाण्डेले सदन सञ्चालन गरेर जनताका विषय यहाँ छलफल गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए।


प्रतिक्रिया