माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

NepalOne ३० जेठ २०८२ १८:११
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै सभामुखले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसदलाई जानकारी गराएका हुन् ।

अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।


प्रतिक्रिया