गृहमन्त्री बोल्दा बोल्दै राजीनामा माग्दै संसद्मा रास्वपाको चर्काे नाराबाजी

NepalOne ३० जेठ २०८२ १७:३४
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी राखेको छ । आजको संसद् बैठकमा  गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको बैठकमा बोल्न सुरु गरेपछि विरोधमा रहेका रास्वपाका सांसदहरु वेलमा प्रवेश गर्दै नारावाजी गरेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेराउ गरेका हुन् । रास्वपाले सत्ता र प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिलाई अस्वीकार गरेको छ ।

सम्बोधन गर्दै गृहमन्त्री लेखकले भने, “मेरो राजनीतिक जीवन सार्वजनिकजस्तै छ । प्रश्न उठ्न सक्ने र जवाफ दिन सक्ने सम्बन्धित व्यक्तिको अधिकार हुन्छ । मेरा विरुद्धमा नियोजित रुपले आक्रमणको प्रयास भएको छ । यसमा खेद व्यक्त गर्न चाहन्छु ।”

उनले संविधानबाट अधिकार प्राप्त गरेको संवैधानिक निकायले भ्रष्टाचारका विषयमा छानबिन गरेको विषयमा सरकारसँग जोड्ने हो र सरकारले जवाफ दिने हो भने हिजोको दिनमा पदासिन हुँदा मन्त्रालयमा भएको भ्रष्टाचारका विषयमा कतिले जवाफ दिनुभयो ? भनी प्रश्न गरेका थिए ।

 

 


प्रतिक्रिया