गृहमन्त्री सदनमा बोलिरहँदा रास्वपाले वेल घेर्दै मागे राजीनामा

NepalOne ३० जेठ २०८२ १७:५०
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सांसहरूले वेल घेराउ गरेका हुन् ।

शुक्रबार अपराह्न सुरू भएको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए। त्यसैबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई समय दिएका हुन्।

गृहमन्त्री लेखकले रोष्ट्रममा पुगेर धारणा राखिरहँदा रास्वपा सांसदहरू वेल घेराउ गर्दै उनको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेका छन्।

विपक्षी दल राप्रपाका सां‌सदहरू भने उठेर विरोध गरिरहेका छन्।


प्रतिक्रिया