सरकारकै कारण प्रतिगामी शक्तिहरु सल्बलाइरहेका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Nepal One HD २ असार २०८२ ११:३९
प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताएका छन् ।

सोमबार शहिद रितबहादुर खड्काको १३औं स्मृति दिवसमा आयोजित कार्यक्रममा श्रेष्ठले सरकारको गलत नीतिका कारण जनतामा असन्तुष्टि बढेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकार भ्रष्ट र निरङ्कुश छ । जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौं देशलाई संकटको दिशातिर धकेलिरहेको छ । यसैको जगमा टेकेर गरेका गलत कामले जनताका असन्तुष्टि बढेको छ । त्यस कारणल प्रतिगामी शक्तिहरु सल्वलाइरहेका छन् ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताए ।

सापकोटाले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् । प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिएको अभिव्यक्तिले वेपत्ता परिवारका सदस्यमा चमक आएको बताए ।


प्रतिक्रिया