गौरीगङ्गा नगरपालिकामा भोलिदेखि जाडो बिदा

NepalOne २१ पुष २०७९ १७:४९
प्रशासन

​​​​​​​धनगढी – कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ ।

चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ ।

नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारसम्म बन्द हुनेछन् ।


प्रतिक्रिया