सभापति देउवाद्वारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

NepalOne ८ माघ २०७९ ७:५१
समाचार

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछार (तवार ल्हो)पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको भन्दै उनले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे ।


प्रतिक्रिया