पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका डाक्टर परिवारको सामूहिक दाहसंस्कार

समाचार

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । आइतबार पोखरा सेती नदीस्थित तुल्सी घाटमा डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको हो ।
दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि उनीहरुको दाहसंस्कार गरिएको छ । दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।
काठमाडाँैबाट पोखरा आउने क्रममा यति एयरको विमान पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । सो दुर्घटनाग्रस्त विमानमा ७२ जना सवार रहेका थिए ।
प्रतिक्रिया
ताजा अपडेट