देशका यी स्थानमा आजदेखि पानी पर्ने

NepalOne ९ माघ २०७९ ८:४४
समाचार

काठमाडौं – सोमबार रातिदेखि देशका विभिन्न सथानको मौसममा बदली हुने भएको छ । मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडाँै लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै हिमाली भेगमा भोलिपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको जनाइएको छ । यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया