जुम्लामा विद्युत् सेवा अवरुद्ध, यस्तो छ कारण !

जुम्ला । जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबार देखि लगातारको हमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध भएको हो । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ ।

हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । विद्युत् अवरुद्ध भएहुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

Reporter