१२ लाख भेडा बाख्रालाई पीपीआर खोप लगाइने, फागुन १ बाट ७ सम्म सञ्चालन गर्न

जीवनशैली/स्वास्थ्य

हेटौँडा । बागमती प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर’ अर्थात भेडाबाख्रामा हुने हैजाबिरुद्धको खोप लगाइने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनमा फागुन १ बाट ७ सम्म प्रदेशको सबै जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
प्रदेश सरकारले गत वर्ष पनि ८ लाख २१ हजार ४८९ बाख्रा र ८ हजार ६९८ भेडालाई पीपीआर खोप लगाएको मन्त्रालयले जनाएको छ । पीपीआर संक्रमणको कारण वर्षेनि हजारौ भेडाबाख्रा मर्ने गरेको कारण किसानले ठुलो क्षति बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशमा रहेका भेडाबाख्रालाई पीपीआर खोप लगाउने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।
पीपीआर रोग विषाणुबाट सर्ने अफ्रिकी महादेशबाट फैलिएको रोग हो ।
प्रतिक्रिया
ताजा अपडेट