‘टेलिकमले सरकारको सोच र लक्ष्यलाई समेटेर काम गर्नुपर्छ’ : मन्त्री शर्मा

NepalOne २२ माघ २०७९ १३:३८
विज्ञान-प्रविधि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गरेकी छन् । आइतबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा मन्त्री शर्मासँगै मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायत उपस्थित छन् ।

उद्घाटन गर्दै मन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित भएपनि दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्ने बताएकी छन् । उनले नेपाल सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेटेर काम गर्नु पर्ने बताइन् । नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सहि सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने बताइन् ।


प्रतिक्रिया