काठमाडौं उपत्यकाका खुमलटार, रामकोट र तारकेश्वरमा बर्डफ्लू संक्रमण पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।
मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ । यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।
रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।