कोरोना भाइरस सङ्क्रमण विरुद्धको बुस्टर डोज फागुन १ र ४ गते खोप आउने निश्चित

NepalOne २५ माघ २०७९ १३:१४
जीवनशैली/स्वास्थ्य

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको बुस्टर डोज नेपाल आउने भएको छ । फागुन १ र ४ गते खोप आउने निश्चित भएको हो ।

सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । पटकमा १५ लाख मात्रा खोप आउने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताएका छन् ।  उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन ।  

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । 

प्रतिक्रिया