भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने

प्रशासन

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा सोमबार काठमाडौं आउन लागेका हुन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ ।
प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट