बढ्न थाल्यो कोरोना संक्रमण

जीवनशैली/स्वास्थ्य

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । शून्यमा झरेको संक्रमण आज ह्वात्तै बढेको देखिएको हो । आज एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।
आज ३० जना सक्रिय संक्रमित रहेका छन् ।भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बबताइएको छ ।
प्रतिक्रिया
ताजा अपडेट