कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, हिँड्डुल गर्न थाले

जीवनशैली/स्वास्थ्य

काठमाडौं – नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेका छन् ।
उनले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ । भण्डारी गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररतछन्।
प्रतिक्रिया
ताजा अपडेट