घरेलु मैदानमा लिभरपुल माथी म्यान्चेस्टर माथी फराकिलो जीत

NepalOne १९ चैत २०७९ ७:१३
खेलकुद

काठमाडौं, १९ चैत । म्यानचेस्टर सिटीले लिभरपुुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ ।इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुल बिरुद्ध ४–१ को एक पक्षीय जीत हासिल गरेको हो ।

घरेलु मैदानमा सिटी बिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो।  जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले  २७ औं मिनेटमा गोल गरेका थिए । 

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गरयो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्यो। 

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।


प्रतिक्रिया