सातदोबाटोलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो

NepalOne २१ चैत २०७९ १८:४५
खेलकुद

काठमाडौं, २१ चैत

जावलाखेल युथ क्लब रोयल ब्लु सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ । 

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो । 

जावलाखेललाई जिताउन फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । पराजित सातदोबाटोका दीपकसिंह ठकुरीले सान्त्वना गोल गरे । 

यो जितपछि जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ ।


प्रतिक्रिया