इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

NepalOne २२ चैत २०७९ ८:५१
खेलकुद

काठमार्डौं, २२ चैत । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन । अन्ततः खेल खेल बराबरीमा टुंगियो । 

यद्दपी, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेकाे पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० काे अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो । 

यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा  छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ ।


प्रतिक्रिया