देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको छ : अध्यक्ष ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको बताउनुभएकाे  छ ।

शनिबार अनेमसंघको सातौ राष्ट्रि सम्मेलनको उद्घाटमा बोल्दै उहाँ समृद्ध नेपाल सुखी नेपाली विचारहरूकाे पनि विचार रहेको बताउनुभयाे । 

‘देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको छ । हाम्रो राष्ट्रिय आकांक्षा नेपाल समृद्ध हुनुपर्छ नेपाली खुसी हुनुपर्छ  । समृद्ध नेपाल सुखी नेपाली विचारहरूको पनि विचार, आजको जनताको बुदलीय जनवाद हो,’ उहाँले भन्नुभयाे । उहाँले एमाले फुटाएर पदको लोभ देखाउँदा समेत पार्टी बलियो पारेको भन्दै अनेमसंघलाई धन्यवाद दिनुभयाे । 

‘पार्टी जोगिएर देशको पहिलो पार्टी बनेर उभिन महिला दिदीबहिनीहरूको हात छ । यस क्रममा महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहान्छु,’ उहाँले भन्नुभयाे, ‘एमाले फुटाउ केन्द्रीय कमिटी दिन्छु भनेको कोही पनि छैन होला । पार्टी फुटाउ पोलिटब्यूरो फलाने भन्दै पद दिएका होलान् । तर पनि तपाईंहरू एमालेमा रहेका कारणले पार्टी बलियो बनेको छ ।’ 

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताउनुभयाे । उहाँले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयाे । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै उहाँ निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनुभयाे । उहाँले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट समेत पार्नुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला । एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’ 

सम्बन्धित समाचार

सबै