नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

NepalOne २ वैशाख २०८० ९:३६
खेलकुद

काठमाडौँ  – नेपालले आज र एक दिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने खेल ५० ५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । 

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । 

आइसिसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।


प्रतिक्रिया