शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने

खेलकुद
काठमाडौं, ३ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।
च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया
ताजा अपडेट