पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

प्रमुख खबर

काठमाडौँ – पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।
टवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।
मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट