रवि लामिछानेले भने : ‘हामी सरकारमा जाँदैनौं बरु समर्थन फिर्ता हुन्छ’

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरु सरकारमा नजाने बरु सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ। 

जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको हो । ‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं।’, उहाँले भन्नुभयो ।  

‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन्।’रविलामिछाने भन्नुभयो । 

चितवन –२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार लामिछाने फराकिलो अन्तरमा जित उन्मुख हुनुहुन्छ । पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै ४४ हजार ४८६ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ३६ हजार २११ मतले पछि पारिसक्नुभएको छ । नेपाली कांग्रेसका श्रेष्ठले ८ हजार २७५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

सबै