मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

NepalOne १२ वैशाख २०८० १४:२७
प्रशासन

गोलबजार / सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताउनुभयो ।

“मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।”


प्रतिक्रिया