मंसिर ७ मा दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा प्रदर्शन गर्ने

प्रमुख खबर

काठमाडौं / गणतन्त्रविरोधी अभियानता व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ ले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनको कार्यक्रमस्थल बल्खु चोक रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेपछि प्रसाइँलाई बल्खुमा कार्यक्रम गर्न प्रशासनले अनुमति दिएको हो । एकैदिन एमाले निकटको युवा संघ र दुर्गा प्रसाईंको पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको थियो ।
प्रशासनको निर्णयपछि युवा संघले तिनकुनेमा कार्यक्रम आयोजना गर्ने भएको छ । भने प्रसाई नेतृत्वको अभियानले बल्खु चोकलाई कार्यक्रमस्थल निर्धारण गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट