बेलायतका नव नियुक्त राजदुत घिमिरेलाई गोर्खा पेन्सन पिडित समूहले गर्यो स्वागत तथा अभिनन्दन


बेलायत : बेलायतका लागी नेपालका नब नियुक्त राजदूत महामहिम चन्द्रकुमार घिमिरेलाई गोर्खा पेन्सन पिडित समूहले स्वागत तथा अभिनन्दन गरेको छ । मेजर उदयबहादुर गुरुङको नेतृत्वमा गोर्खा पेन्सन पिडित समूले बेलायतका लागी नव नियुक्त नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरेसँग भेटघाट गरेर अभिनन्दन गरेको हो । सो अवसरमा गोर्खा पेन्सन पिडित समूहका अन्य सदस्यहरुमा मेजर चित्र राज लिम्बू, क्याप्टेन राजेन्द्र शेरचन, क्याप्टेन लक्ष्मण पुन, श्रीमती समस्ती तुलाचन, श्री किरण गुरुङ र गिराहाङ लिम्बू लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा संक्षिप्त परिचय कार्यक्रमसहित मेजर उदयबहादुर गुरुङले महामहिम राजदूतलाई गोर्खाहरू लाई गोर्खा अफर टु ट्रान्सफरको योजनामा रुपान्तरण गर्ने बेलायती रक्षा मन्त्रालयको उदेश्य बारे अवगत गराएका थिए । गोर्खा पेन्सन योजनामा प्राप्त गरेको पेन्सन रकम भन्दा सशस्त्र बल पेन्सन योजनामा बढी पेन्सन रकम पाउनेछ भन्ने उल्लेख भएको तर गोर्खा पेन्सन योजना जिपिएसबाट एफपिएसमा रुपान्तरण गरेपछि गोर्खाहरु को पेन्सन अस्वभाबिक रुपमा घटेको बिषय जानकारी गराइएको थियो । सो अवसरमा त्तकालिन समयमा भारतिय सैनिकमा भर्ति भएका २, ६, ७ र १० GR का गोर्खा सैनिकहरू लाई मलायामा कम्युनिष्ट विद्रोहीहरू सँग लड्न जुन १ जनवरी १९४८ मा भारतीय सेनाबाट ब्रिटिश सेनामा स्थानान्तरण गरिएको बिषय र भारतीय सेना बाट ब्रिटिश सेनामा स्थानान्तरण गरिएको सैनिकहरु लाई जुन १ जनवरी १९४८ मा भएको बेलायत, भारत र नेपाल सरकार बिच भएको त्रि-पक्षिय सन्धी (TPA) अनुसार बेलायति सेना अनुसार सैन्य सेवा र पेन्सन सुबिधा दिने सहमति भएको बिषय जानकारी गराएको थियो । तर गोर्खा सैनिकहरू लाई TPA सन्धीको सर्तहरू अनुसार सैन्य सेवा र पेन्सन क्षतिपूर्ति अहिले सम्म नदिइएको प्रष्ट पार्नु भयो । GPIG को टोलीले त्रि-पक्षिय सन्धी (TPA) अनुसार बेलायति सेनामा भर्ति भएका आफ्नो नागरिकहरु लाई बेलायती सेना सरह सैन्य सेवा र पेन्सन सुबिधा दिलाउन नेपाल सरकार ले पहल गर्नु पर्ने जिम्मेवारी रहेको प्रष्ट पारेको छ ।
महामहिम राजदूत समक्क्ष उठाइएको अर्को महत्त्वपूर्ण बिषय गोर्खाहरू को लागि कर्यान्वयन गरेको शासन प्रणाली बारे थियो। गोर्खा सैनिकहरू लाई बेलायती महारानीको शासन (QR) वा बेलायती सैन्य नियम द्वारा नियमन नभएर ब्रिगेड अफ गोर्खाज स्ट्यान्डिङ इन्स्ट्रक्सन (BGSI) र रेकर्ड अफ अफिस इन्स्ट्रक्सन (ROI) मा उल्लेख भए अनुसार शासित गरिएको बिषय जानकारी गराईको छ । ब्रिगेड अफ गोर्खाज स्ट्यान्डिङ इन्स्ट्रक्सन (BGSI) र रेकर्ड अफ अफिस इन्स्ट्रक्सन (ROI) लाई २००६ मा अवैध मानिएको बिषय र गोर्खाहरू लाई ५४ वर्ष देखि गैर कानूनी निर्देशिका को आधारमा शासन गरिरहेको बिषय अहिले आएर उजागर भएको प्रसँग पनि जानकारी गराएको छ । भेटघाट कार्यक्रम मा GPIG को आकांक्षा अनुसार गोर्खाहरू को लागि राम्रो उपचार र उचित पेन्सन बारे पनि छलफल भएको थियो।
महामहिम राजदूत ले आफ्नो प्रतिक्रियामा, आफूलाई भेट्न आएका अन्य गोर्खा अभियानका समूहहरू सँग भएको छलफल का बिषयहरु बारे आफ्नो अनुभव सुनाउनु भयो । पहिले भेटन आएका समूहहरू ले एक ले अर्को समुह लाई मात्र दोष दिने र विभाजनकारी दृष्टिकोण राखेको र त्यस्तो कृयाकलाप ले गर्दा नै वर्तामा बाधा सृजना भएको बताउदै त्यस्ता समुहहरु प्रति निराशा व्यक्त गर्नु भयो । तर GPIG समुहले अरु समुहलाई दोषारोपण नगरी केबल आफ्नो मुद्दामा मात्र केन्द्रित रहेर रचनात्मक संवाद गर्दै प्रस्तुत भएकोमा खुसी ब्यक्त गर्नु भयो ।
महामहिम राजदूतले विभिन्न सरकारी अधिकारीहरू सँग भएको बैठक मा नेपाल सरकारले सबै गोर्खाहरू का लागि समान वा समानुपातिक पेन्सनको लागि वकालत गरिरहेको छ भनेर उल्लेख गर्नु भयो । यस अलाबा राजदूतले धेरै गोर्खा संगठनहरू भएको र सबै आ-आफ्नै ढङगले प्रस्तुत भएर वकालत गरिरहेको ले परिस्थिति जटिल बनेको र रक्षा मन्त्रालय (MoD) लाई पनि निर्णायक कदम चाल्न गाह्रो भएको भन्ने धारणा राख्नु भयो। राजदूतले भन्नु भयो रक्षा मन्त्रालयका अधिकारीहरू ले गोर्खा समुदायको बिषय र मागहरु बारे बिभिन्न मिडिया बाट जानकारी पाईरहेका छन् । तर गोर्खाहरु मा धेरै गुटहरू भएकोले उनीहरू लाई काम गर्न चुनौती पूर्ण बनाएको छ। तर्सथ गोर्खा समुदायले आफ्नो स्थिति बलियो बनाउन र आफ्नो साझा लक्ष्य प्राप्त गर्न सबै समुहहरु एकताबद्ध हुन आग्रह गर्नु भयो ।
सबै गोर्खा समुहहरु लाई एकताबद्द गर्ने उदेश्यले महामहिम राजदूतले G10 को बैठक आयोजना गर्ने बताउनु भएको छ । उक्त बेठकमा मन्त्री स्तरीय र प्राविधिक बैठकहरू मा उहाँ सँगै सहभागी हुनको लागी गोर्खाहरु को समुहहरु बाट जाने केही प्रतिनिधि सदस्यहरू (अधिकतम तीन) चयन गर्ने बताउनु भएको छ । कार्यक्रम को अन्तमा राजदूतले सामूहिक शक्तिको विकल्प नभएकोले एकताको आवश्यकतामा जोड दिँदै बैठक समापन भयो । GPIG टोलीले पनि एकताको महत्त्वलाई प्राधमिकतामा राखी आफ्नो मुख्य लक्ष्य प्रप्तिको लागी G10 को बैठकमा सकारात्मक संलग्नताको प्रतिबद्दता ब्यक्त गर्दै ४:३० बजे राजदुत संग बिदाबादी भएको थियो ।