जापानले नेपाललाई दियो ८१ रनको लक्ष्य

खेलकुद

काठमाडौँ । जापानले एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा अल आउट हुँदै ८० रन बनाएको हो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भने अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट